वाताबरण दिबसमा प्लाष्टिक मुत्त शहर अभियान सहित बिबिध कार्यक्रम

ईटहरी । विश्व वातावरण दिबसका अबसरमा मंगलबार सुनसरीको ईटहरी २० स्थित तरहरामा रहेको किड्स हेप्पी होम स्कुलले प्लाष्टिक मुत्त शहर निर्माणका लागी अभियान नै सञ्चालन गरेको छ । बिद्यालयका बिद्यार्थीहरुले प्लाष्टिकमुत्त शहर निर्माणका लागी अभियान शुरु गरेको बिद्यालयकी प्रिन्सिपल रिता भुषालले बताईन । प्लाष्टिक बाट हुने हानीका बिषयमा समेत बिद्यार्थीहरुले अभियान सञ्चालन गरेका छन । यता मोरङको सुन्दरहरैंचास्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा वुधवार वृक्षारोपण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथ वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा थिए । उनले गमलामा पूmल रोपेर कार्यक्रमको उद्घाटन गदै जल र जमिन जोगाउन वातावरणको महत्व हुने भएकोले रुख विरुवा हाम्रो आवश्यकताको विषय भएकाले वातावरणको सन्तुलन कायम राख्न सबैले सचेत हुनुपर्ने बताए ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा विधालयका विधाथीहरुले सामुहिक रुपमा गमलामा फूल तथा वृक्षारोपण समेत गरेका थिए । कार्यक्रममा विधालयका प्रिन्सिपल अर्जुन वस्नेतले वातावरणको सन्तुलन कायम राख्नको लागि एक विधार्थी एक विरुवा रोप्ने अभियान अनुसार विधार्थीहरुलाई आ आफ्नो राष्ट्यि जातिय भेषभुषा तथा पोसाखमा सहभागि गराएर वृक्षारोपण गरेको बताए ।

विधालयका विधार्थी अन्जना राई, शिक्षक सरोज पौडेल लगायते कार्यक्रमा बोलेका थिए । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सिपल जे.वी. थुलुङले गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित