पाथिभरा बाेर्डिङका बिद्यार्थिहरूले मेयरलार्इ ज्ञापन पत्र बुझाए , इटहरीलार्इ हरीयाली भित्रकाे सहर बनाउन अाग्रह

इटहरी । विश्व वातारण दिवस २०१८ प्लाष्टिक प्रदुष्टिक अन्त्य गरौं मुल नाराका साथ नेपालमा पनि मनाई रहेको समयमा सुनसरीको इटहरी उपमहानगरपालिकालाई पर्यावरणालाई जोगाई एक नमुना उपमहानगरपालिका वनाउन ध्यानाकर्षण गराउदै स्कुले विद्यार्थीहरुले ज्ञापन पत्र वुझाएका छन ।

केही वर्ष अघि नै पुर्वमा नै पहिलो पटक मुख्य बजार क्षेत्रलाई फोहोरमुक्त क्षेत्र घोषणा गरिसकेको भएपनि फोहोरमैला उचित र व्यवस्थित रुपमा विर्सन गर्न नसकि रहेको इटहरी उपमहानगरपालिकालाई पर्यावरण जोगाई दिन माग राख्दै पाथिभरा माध्यमिध विद्यालयका विद्यार्थीहरुले ज्ञापनपत्र वुझाएका हुन ।

पुर्व क्षेत्रकै एक प्रमुख शहरका रुपमा रहको भएपनि इटहरी उपमहानगरपालिकाले फोहोरमैला उचित रुपमा व्यवस्थापन गर्न नसक्दा आलोचना समेत खेप्दै आएको छ । वातावरण दिवसका दिन समेत इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको फोहोरमैला मध्यान्न सम्म पनि उठाइएको पाइएन भने केही विद्यालयका विद्यार्थीहरु भने फोहोर संकलन गर्दै हिडी रहेका थिए ।

उपमहानगरपालिकाले उचित रुपमा फोहोरमैला व्यवस्थापन तथा सडक क्षेत्रको धुलो र हिलो व्यवस्थापन गर्न नसकिरहेको तर्फ मध्यनजर गर्दै आफुहरुले वातावरणलाई सफा र स्वच्छ वनाउने काम गर्न माग राख्दै उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई ज्ञापन पत्र वुझाएको पाथिभरा माध्यमिक विद्यालयका कक्षा ८का विद्यार्थी विज्ञान अधिकारीले वताए । केही महिना यता देखि इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रको फोहोर नियमित उठाउने नगरिएको तथा भित्री क्षेत्रमा फोहोर उठान छोडि सकेको सर्वसाधारणहरु गुनासो गर्दछन ।।

विश्व बातबरण दिवशको अवसरमा बातवरण स्वच्छ राख्न सन्देश मुलक र्याली सहित इटहरी उपमहानगर पालिकाका मेयरलाई ज्ञापन पत्र बुझाए विद्यालयका निर्देशक निर्मल रिजालले जानकारी दिए ा

प्रतिक्रिया

सम्बन्धित