८ विद्यार्थी संगठनले गरेको बन्दका कारण निजी बिध्यालय ठप्प

माेरङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले साेमबार देशै भरिका शैक्षिक हड्ताल घोषणा गरेकाे छ । नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । शैक्षिक मागसँगै सरकारले बढाएको पेटोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित