हाजिरी जवाफ तथा वतृत्वकला कार्यक्रम

धरान । धरान उपमहानगपालिका वडा नं. १४ ले बाल क्लब स्तरीय हाजिरी जवाफ तथा वतृत्वकला कार्यक्रमको आयोजना गरेको छ ।धरान १४ मा रहेका ९ वटा बाल क्लब सहभागी हाजिरी जवाफ प्रतियोगितामा सहभागी रहेका छन् भने वृतृत्व कला प्रतियोगितामा विभिन्न क्लबका १० जनाले सहभागी जनाएका छन् ।

प्रतियोगितामा ११ वटा बालक्लबलाई सहभागीका लागि बोलाइए पनि नारायणपुर बाल क्लब, गणेशचौक बाल क्लब, आइडल बोर्डिङ्ग स्कुल, पिण्डेश्वर विद्या पीठ, विहानी कोपिला बाल क्लब, दन्तकाली बाल क्लब, दन्तकाली मावि, प्रगति बाल क्लब र बुढा सुब्बा बाल क्लबले भाग लिएका छन् ।

हाजिरी जवाफ प्रतियोगिता प्रथम हुने क्लबलाई नगद १५ सय, दितिय हुनेलाई १ हजार तृतीय हुनेलाई ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिने धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्राईले जानकारी दिनुभयो । सामाजिक विकासमा बालबालिकाको भूमिका नामक शीर्षकमा प्रतिष्पर्धा गराइएको प्रतियागिताको निर्णायकमा धरानका अग्रज तथा शिक्षाविद् विश्वप्रकाश पोख्रेल, सुवासचन्द्र न्यौपाने र महावीर तिम्सिना रहनु भएको छ ।

वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा जुटेको धरान १४ ले बाल मैत्री घोषणा गर्ने अभियान अन्तर्गत नै प्रतियोगिता आयोजना गरिएको र हालसम्म ९५ प्रतिशत सूचि पार गरिसकेको वडाले असार मसन्तसम्ममा बालमैत्री घोषणा गर्ने अभियानमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित