बिराटनगरको मेरिल्याण्ड कलेजका  १०  जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने 

बिराटनगर । पुर्वमै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको  बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन्   ।  बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ  । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् ।
बेलायतसंगै अब कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड पनि जाने भएका छन् , युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्सको सहकार्यमा कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड जाने भएका हुन्  । १ हप्ताको थाइल्याण्ड बसाईका क्रममा बिद्यार्थीहरुले  युनिभर्सिटी अफ थाई च्याम्बर अफ कमर्समा बिभिन्न शैक्षिक कार्यक्रममा सहभागी हुने छन्  । सेप्टेम्बर ९ देखि १८ सम्म उक्त शैक्षिक भ्रमण हुनेछ  ।  इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित ५ वटा कलेजहरुबाट कुल १ सय बिद्यार्थी उक्त शैक्षिक भ्रमणमा जाने छन्   ।  यति धेरै बिद्यार्थीलाई विदेश शैक्षिक भ्रमणमा लगिनु नेपालमा पहिलो पटक नै भएको कलेजको दाबी रहेको छ   ।

प्रतिक्रिया

सम्बन्धित