सर्पको टोकार्इबाट युवतीको मृत्यू

सिरहा / कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक युबतीको मृत्यु भएको छ । कमला नदिको बगरमा तारबुजा टिप्न गएकीततरा मियाँको १६ बर्षीय छोरी अमिदा खातुनको सोमबार मृत्यू भएकाे हाे ।

युबतीलाई सर्प टोक्दा तत्कालै एम्बुलेन्सको व्यबस्था नहुँदा मृत्यु भएको बडा अध्यक्ष राइनका भनाइ रहेको छ । उनले भने “सर्प टोक्दा एम्बुलेन्स नहुँदा समयमा अस्पताल पुर्याउन नसक्दा युबतीको मृत्यु भएको हो, ढिलो गरी उपचारका लागि बन्दिपुर सेना क्याम्पमा पुग्दा त्यहाँ उपचार सम्भब नहुने डाक्टरले भनेपछि तत्कालै गोरख गण चोहर्बा पुर्याउने बित्तिकै युबतीको मृत्यु भयो ।” एम्बुलेन्सको कारणले जनताको ज्यान जान नदिनका लागि स्थानिय स्बाथ्य चौकीमा छिट्टै एम्बुलेन्सको व्यबस्था गर्ने बडा अध्यक्ष राइनले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित