यो देशमा युवतीलाई कर्के नजरले पनि हेर्न पाइदैन , जिस्काउन त परै जाअाेस

एजेन्सी स्विडेनको संसद्ले जोडीबीच सहमतिबेगर गरिने यौनसम्पर्कलाई बलात्कार मानिने नयाँ कानून पारित गरेको छ । जबर्जस्तीबाहेक करकापमा गरिने यौनसम्बन्धलाई पनि बलात्कार मानिने नयाँ कानूनलाई संसद्ले पारित गरेको हो ।

नयाँ कानुनको अर्थ सेक्स गर्नुपूर्व पार्टनरले मौखिक वा शारीरिक रूपमा सहमति जनाउनुपर्छ । र, कसैले सेक्सका लागि प्रस्ताव गरेमा अर्को व्यक्ति मौन बसेमा पनि त्यसलाई सहमति मानिनेछैन ।

स्विडेनको संसदमा भएको मतदानमा यस नयाँ कानुनको पक्षमा २५७ मत र विपक्षमा ३८ मत खसेको थियो । नयाँ कानुन आगामी १ जुनदेखि देशभर लागू हुनेछ । नयाँ कानुनको अर्थ यो पनि लाग्नेछ कि अभियोजनकर्ताले बलात्कार आरोपितले सेक्सका लागि धम्की दिएको प्रमाण जुटाइरहन आवश्यक पर्नेछैन ।

नयाँ कानुनले असावधानी बलात्कार र असावधानीपूर्वक यौन दुर्व्यवहारजस्ता दुई नयाँ अपराध पहिचान गरेको छ । यस्तो अपराधमा संलग्न व्यक्तिलाई बढीमा चार वर्ष जेल सजाय हुनेछ ।

नयाँ कानुनअनुसार पार्टनरले अभिव्यक्त गरेर सहमति लिन आवश्यक छैन, तर शारीरिक रूपमा भने प्रस्ट हुनुपर्छ । कुनै निष्क्रिय रूपमा रहेको व्यक्तिलाई यौन चाहना प्रकटीकरण गर्दा ऊ पनि सेक्सका लागि इच्छुक छ भन्ने थाहा पाउनुपर्छ ।

गत डिसेम्बरमा मात्र प्रधानमन्त्री स्टिफान लोफभेनले विद्यमान यौनसम्बन्धी कानुनमा फरक प्रस्ताव प्रस्तुत गर्दै यौन इच्छापूर्ण नभए गैरकानुनी हुने धारणा राखेका थिए । उनको धारणा युरोपका अधिकांश देशमा मिल्छ ।

प्रतिक्रिया

सम्बन्धित