ऐन विपरितको स्वीकृतिमा आपत्ति

संखुवासभा / खाँदबारी नगरपालिकाले शिक्षा नियमावली विपरित दुई निजी स्कुल सञ्चालनका लागि स्वीकृति दिएकोमा जिल्ला प्यावसनले आपत्ति जनाएको छ । सदरमुकाम खाँदबारीमा सञ्चालनमा आएको अरुण भ्याली बोर्डिङ स्कूललाई हचुवाको भरमा कक्षा ९ को अनुमति दिएको प्यावसनको आरोप छ ।

व्यक्तिगत प्रयोजन र नाफा कमाउने उदेश्यले हिमालय किरण सामुदायिक क्याम्पसमा खुलेको नीजि विद्यालयले शिक्षा नियमावली विपरित कक्षा ९ को अनुमति पाएको प्यावसनका अध्यक्ष पदमबहादुर खनालले बताए ।

त्यस्तै, खाँदबारीमा सञ्चालन भएको समता स्कूललाई पनि शिक्षा ऐन विपरित मापदण्ड पूरा नगरी सञ्चालन गर्न दिएको उनले बताए । प्यावसनले खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडालाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

प्रमुख खतिवडाले शिक्षा ऐन विपरित खुलेको नीजि विद्यालयलाई बन्द गर्ने आश्वासन दिएका छन् । नगरपालिकाले नगर कार्यपालिकाको निर्णयका आधारमा नगर शिक्षा समितिलाई समेत जानकारी नदिई स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित