आयुर्वेद क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ / प्राज्ञिक विशिष्टता एवं वरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्तिको माग राख्दै आज आयुर्वेद क्याम्पसमा स्ववियुले तालाबन्दी गरेको छ । गत जेठ ४ गते राखेको १७ बुँदे माग र त्यसै दिन भएको सहमतिअनुसार हालसम्म गर्न सकिने कुनै पनि काम नभएकाले तालाबन्दी गरेको स्ववियुका कार्यवाहक अध्यक्ष प्रशान्त बस्नेतले जानकारी दिनुभयो ।

त्रिविले तीन महिनाअघि तीन महिनाका लागि नियम मिच्दै नवौँ बरियताको डा शिवमंगलप्रसाद साहलाई नियुक्त गरिएको थियो तर यो तीन महिनामा क्याम्पसको स्थिति झन धराशायी भएको र क्याम्पसमा राजनीतिक पालनपोषण गरी क्याम्पसको कोष र मानव अनुसन्धानको दुरुपयोग गरेका प्रमुखले पटकपटक राजनीतिक आस्था बदलेको समेत बस्नेतले जानकारी दिनुभयो । आफ्नो माग पूरा नभएसम्म कुनै पनि हालतमा पछि नहट्नेसमेत जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित