कक्षा ३ मा अध्यनरत छात्रालाइ शिक्षकद्वारा अगाडीघोप्टो पारेर लाल्ताले हानेपछी, अस्पताल लगेपछी खुल्याे यस्ताे रहस्य

पथरी / जेष्ठ १३ सरकारी स्कुलमा गुर्णस्तर खस्कदै जानुको कारण शिक्षकमा पुरानै सैलिमा पढाइ र डरत्रास युक्त वातावरण नै देखिन्छ । त्यसैले सरकारी स्कुलमा अभिभावको मनोवल गिर्दै गएको हो । शिक्षाको उज्योलो ज्योति छर्ने शिक्षक, शिक्षक नै बिध्याथीको दुश्मन भए पछी बिध्यर्थीले कस्तो शिक्षा पाउलान ? शिक्षक र बिध्यार्थी बिच त नङ र मासुको सम्बन्ध हुनु पर्छ । एक दिन हैन दुई दिन हैन दिनहु बिध्यार्थीहरु भयबित वातावरणमा रहेका छन । एक जना हैन दुई जना हैन कक्षा कोठाका सबै बिध्यार्थी त्रासमा पढ्न बाध्य छन ।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ८ सोमबारेमा रहेको बुद्ध मा बि मा यस्तै भएको छ । कक्षा ३ मा अध्यनरत छात्रा आइसा तामाङलाई साथी संग सामान्य झगडा भएको विसयमा शिक्षक नन्द किशोर शाहले कुटपिट गरेका छन । कक्षा कोठामा सबै बिध्यार्थीको अगाडीघोप्टो पारेर लाताले हाने पछी छात्रा बिरामी परेकी छन । विध्यार्थीहरु एकआपसमा सामान्य विवाद पर्दा लौरो भाचिने गरी पिटेको र पछी पुर्न घोप्टो पारेर हिर्काए पछी छात्रा हस्पिटल भर्ना भएकी थिन ।

हजुरअामा संग बस्दै आएकी आइसा बेलुकी खाना खान बोलाउदा पेट खुखेको छ खान्न भनेर छिमेकीलाई सुना घटना बाहीर आएको हो । उस घटनाको बारेमा प्रध्यानाध्यापक र अभिभावकलाई बारम्बार बताउदा पनि कुनै चासो नदेखाउनु भएको विध्यार्थीहरुको गुनासो छ । अरु बेला पनि पिट्ने गरेको विध्यार्थीहरु बताउछन । सरले बारम्बार डस्टरको झटारोले हान्ने, मुड्कीले हान्ने र केटीहरुलाई लात्तिले समेत हान्ने गरेको बिध्यार्थीहरु बताउछन ।

विध्यार्थीलाई सामान्य नसियत दिएको र पछि अभिभावक बाट गुनासो आए पछि अभिभावक र विध्यालय व्यबस्थापन समिती प्रहरी प्रसासनको बैठक बसि मिलापत्र भैसकेको प्रध्यानाध्यापक बोधराज सिग्देले बताउनु भयो । शिक्षक शाहले माफि मागि आयन्दा यस्तो गल्ति नदोर्याउने भने पछि मिलापत्र गरेको बताएका छन । तर छात्रा आइसा तामाङलाई यो पिटाइकै कारण अस्पताल लगिएको नभई अन्य बिरामी परी लगिएको सिग्देले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित