झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी

दाङ / शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ । गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ ।

अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन् । आज बिहान भने महामारी फैलिएको गाउँबाट प थप ४३ महिला र २५ बालबालिकालाई उपचारका लागि ल्याइएको उपचारमा संलग्न डा किशोर खत्रीले जानकारी दिनुभयो ।

ती बिरामीलाई शान्तिनगरको चिराघाट स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको छ । गए रातिदेखि नेपाली सेना १९ नं बाहिनी अड्डा तुलसीपुरको टोलीले पनि बिरामीको उपचार गरिरहेको छ । महामारी नियन्त्रणका लागि व्यापक सतर्कता अपनाइएको छ । सो ठाउँमा रहेको माइली पानी मुहानमा गए रातिदेखि नै नेपाली सेनाको टोली र जिल्ला खानेपानीबाट गएको टोलीले सरसफाइ तथा औषधि राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित