दुवै मृगौला फेल भएपछी सहयोगकाे याचना माग्दै २१ बर्षिया युवती

इटहरी । संखुवासभा घरभई धरान बस्दै आएकी कविता बिश्वकर्माको २१ वर्षको उमेरमा दुवै मृगौला फेल भएको कारण उनि आफ्नो उपचारको लागी सहयोग माग्दै बिभिन्न संघसस्था धाइरहेकी छिन् । दुई वटै मृगौला फेल भएका कारण समस्यामा परेकी बिश्वकर्मा धरानको बि.पि कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेकी छिन् ।

गत साउनमा खादवारी अस्पतालमा जाचँ गर्ने क्रममा उन्को मृगौला फेल भएको जानकारी भएको थियो । निम्न तथा गरिब परिवार भएका कारण उपचार गर्न नसक्ने भएको बताउदै सहयोगको अपिल गर्दै एभिन्युजको कार्यलयमा कविता आई पुगेकी हुन् ।

उपचार गर्न चालिस देखि पचास लाख सम्म लाग्ने अस्पतालले जनाएको छ भने गरिबीको कारण आफ्नो मृत्यु हुने भयो भन्दै रुदै विश्वकर्मा एभिन्युजमा आएकी हुन् । सानो बच्चा पनि रहेको विश्वकर्माको उपचार गर्न सबैले सहयोग गर्न अपिल गरेकी छिन् । यसै बिच राष्ट्रिय मिडाया ग्रुपका अध्यक्ष सुजन कार्कीले नगद पाचँ हजार सहयोग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित