शिशु मृत्यु प्रकरण : दोस्रो दिन पनि जिल्ला अस्पताल खाँदबारीमा तनाव (तस्विहरू सहित)

संखुवासभा जिल्ला अस्पताल खाँदबारीमा तीन महिने शिशुकोे मृत्यु पछि दोस्रो दिन पनि तनाव ग्रस्त भएको छ । भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङको छोरा राचन तामाङको आइतबार राती ८ बजे मृत्यु भएको थियो । अस्पतालको लापरबाहीका कारण बच्चाको ज्यान गएको भन्दै मृतकका परिवार र आफन्तले हिजो पनि विरोध र नारावाजी गरेका थिए । मृतकका आफन्तको चर्को बिरोध पछी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थाका बिच पनि उनीहरुले अस्पताल कार्यालयमा ताला बन्दी गर्नका लागि प्रयास गरिरहेका छन् भने अस्पताल परिसरमा नाराबाजी भइरहेको छ । अस्पतालले आज बिहान १० बजे गर्ने भनेको वार्ता अहिलेसम्म बस्न नसकेपछी उनीहरु आक्रामक बनेका हुन् ।

अस्पतालले आइतबार रेफर गरेपछी बिरामी बच्चालाई थप उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बच्चालाई जेष्ठ १ गते जिल्ला जनस्वास्थ्यमा डिपीडी र पिसीभीको खोप लगाइएकको थियो । बैसाख १२ गते लगाउनुपर्ने भए पनि खोप नभएका कारण जेष्ठ १ गते मात्र लगाइएको थियो । खोप लगाउने क्रममा स्वास्थ्यका कर्मचारीले बच्चाका आमालाई गाली गलौच गर्नुका साथै बच्चालाई खोप लगाउँदा रिसाएर दुई तीन पटक सिरीन्ज प्रयोग गरेको उनीहरु बताउँछन् ।

बच्चालाई खोप दिए पछी खोप दिएको ठाउँबाट रगत नरोकीए पछी स्वास्थ्यका कर्मचारीले आइसले सेक्न सल्लाह दिएका थिए । चिकित्सकको सल्लाह अनुसार गरिए पनि सोही दिन देखि खोप दिइएको स्थानमा सुन्निएर घाउ भएको तामाङले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित