जुना अखडा नेपालद्धारा कृतीम शरिर जडान गरीने

पथरी / मोरङको पथरीशनिश्चरे स्थित नर्वदेश्वर मन्दिरको प्रागणमा जुना अखडा नेपालको आयोजनामा अपाङगता भएका ३०० भन्दा बढि व्याक्तिहरूलाई आधुनिक कृतिम हातखुट्टा प्रदान गर्ने उद्देश्यका साथ तथ्याङक सकलन गरिएको छ । नेपालको सवै जिल्लामा यःता कर्यक्रमको आयोजना गर्ने योजना रहेको बताउदै जुना अखडा नेपाली अध्यक्ष साध्वी हेमानन्द गिरी महारजले बताउनुभयो।

कार्यक्रमको सु?वात पथरीबाट सुरू भएर झापाको सुरूङगा हुदै पाहाडि जिल्ला धनकुटा सम्मका अपाङगता भएका ब्याक्तीहरूले सेवा पाउने छन भने असार ४ गते तथ्याङक सङकलन भएकाको हङगेरिबाट आएका विशेषज्ञ डाक्टरहरूले ७ दिन सम्म बसेर अपाङगता भएका व्याक्तिहरू स्वास्थ्य परिक्षण पश्चात कृतिम आधुनिक हातखुट्टा वितरण गर्ने कार्यक्रम रहेको महा मन्डलेश्वर साध्वी हेमानन्द गीरीजीले बताउनु भएकोछ । यस्तै पोलियो रोगबाट अपाङगता भएका हरूकालागि सन्तुलन मिलाउन जुत्ता, पूर्ण रूपमा हिडडुल गर्न नसक्नेका लागि ह्वील चियर प्रदान गरिने भएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित