उदयपुर जिल्ला अस्पताल रेविज सुइको अभाव

उदयपुर / जिल्ला अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराउने कुकुरले टोक्दा लगाउने एन्टी रेविज विरुद्धको भ्याक्सिन (सुई) अभाव भएको छ । सरकारले जिल्ला अस्पतालहरुलाई निश्चित कोटामा उपलब्ध गराउने सुई जिल्लामा कुकुरले टोक्नेको संख्या वृद्धि भएपछि एन्टी रेविज सुईको अभाव भएको जिल्ला अस्पताल गाईघाटले जनाएको छ । जिल्ला अस्पताल गाईघाटले सूचना नै जारी गरी एन्टी रेविज विरुद्धको भ्याक्सिन सकिएको जनाएको छ । जिल्ला अस्पताल गाईघाटका नायब सुब्बा बृर्खबहादुर खत्रीका अनुसार स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई एन्टी रेविज सुईको अभाव भएको पटक पटक जानकारी गराउँदा पनि औषधि नपठाई दिएको बताए । उनका अनुसार जिल्ला अस्पतालमा २० दिनदेखि एन्टी रेविज भ्याक्सिन (सुई) को अभाव भएको छ ।

भ्याक्सिनको अभाव भएपछि अस्पतालमा सेवा लिन आउने विरामीहरु अन्य निजि स्वास्थ्य संस्था र अयन्त्र जान बाध्य भएको छ । धेरै जस्तो कुकुर, विरोलो, स्याल र जंगली जनावरले टोकेका विरामीहरु आउने गरेको अस्पताल स्रोतले बताएका छन् ।

पछिल्लो समय घरमै पालेको कुकुरले टोकेर उपचारको लागि विरामीहरु आउने क्रम बढेको भन्दै जिल्ला अस्पतालका डाक्टर पवन कुमार शाहले बताए । ‘घरपालुका जनावर पाल्दा ध्यान दिनुपर्छ । घरमै पालेको जनावरलाई समय समयमा भ्याक्सिन दिएको छ छैन त्यसमा विचार गर्नु पर्छ, अहिले अधिकांश सामान्य कुकुर, विरालो लगायतका जनवारले छोएको भन्दै रेविजको सुई लिन पुग्छन् जसका कारण पनि अहिले अभाव खडकिएको हो ।’ मेडिकल सुपरिटेण्टेन डा. पवन कुमार शाहले भने, ‘सुई सकिन थालेपछि स्वास्थ्य विभागमा कोटा थप गर्न माग गरेका छौँ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरमै त्रियुगा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मानबहादुर राईलाई जिल्ला अस्पतालमा एन्टी रेविज विरुद्धको भ्याक्सिन अभाव रहेको छ भन्दा उनले आफुलाई यस बारेमा कुनै जानकारी नभएको बताए । उनले रेविजको सुई अभाव छ वा छैन यसबारे बुझ्ने बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित