कबिर मा.वि.काे रजत जयन्ती सम्पन्न

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको कबिर माध्यमिक विद्यालयले आफ्नाे स्थापनाको २५ वर्ष पुरा गरेको अवसर पारेर विविध कार्यक्रम गरी रजतजयन्ती वर्ष मनाएको छ । विद्यालयले आयोजना गरेको रजतयन्ती वर्ष विशेष कार्यक्रम प्रदेस नम्र १का शिक्षा तथा सामाजिक विकास मन्त्री जीवन घिमीरेको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरि मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथी मन्त्री घिमीरले समाजको विकासमा शिक्षाको महत्वपुर्ण भुमिका रहने हुँदा शिक्षा क्षेत्रको गुणस्तीयताका लागि विभिन्न कार्यक्रम ल्याउने वताए ।

कार्यक्रममा उत्कृष्ठ कर्मचारी ,शिक्षक, शिक्षिका ,विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरियो । त्यसै गरी रजतजयन्तीका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा समेत विजयी विद्यार्थीहरुलाई समेत पुरस्कृत गरियो । त्यसै गरी विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी , शिक्षक अभिभावक संघका पुर्व पदाधिकारीहरुलाई समेत सम्मान गरियो । कार्यक्रममा विद्यालयका विद्याथीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको विद्यालयका शिक्षक सुमन ढुगेलले जानकारी दिए ।

सो अवसरमा विभिन्न व्यक्तिहरुले विद्यालयमा अध्ययनरत गरिव, असाहय तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाका लागि विद्यालयको अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन । विद्यालयको अक्षयकोषका लागि सुनिल आर्चाय तथा सञ्जुला आचार्यले एक लाख ११ हजार एक सय ११ रुपौया, नेत्रप्रसाद कोइराला, तारादेवी कोइराला , सुमन कोइराला र समिर कोइरालाले एक लाख ११ हजार एक सय ११ रुपौया, रवि न्यौपाने र रञ्जना न्यौपानेले एक लाख ११ हजार एक सय ११ त्यसै गरी केदारमान कार्की र सुशिलामैया शाहि कार्कीले अक्षयकोषका लागि ५१हजार एक सय ५१ रुपौया उपलव्ध गराएका हुन । सोही कार्यक्रममा लायन्स क्लव अफ इटहरी सिटीले विद्यार्थीहरुका लागि २० जोडी स्कुल जुत्ता इटहरी सिटीका महेश पौडेल,सोम गौतम , जीवन पराजुली ,रञ्जु सिग्देल लगायतले विद्यालयकी प्रअ न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयकी प्रधानाध्यापक मिनु न्यौपानेको अध्यतामा सम्पन्न रजतजयन्ती वर्ष विशेष कार्यक्रममा प्रदेस नम्वर १का प्रदेससभा सदस्यद्धय लिलम बस्नेल ,सर्वध्वज साँवा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको सहभागिता रहेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित