यसकारण तपाईहरुले खाई रहेको चटपटे र पानीपुरी बिष भन्दा खतरनाक हुन सक्छ ?

अक्सर युवतिहरु प्रायः पानिपुरी र चटपटे खान रुचाउँछन् । बिशेषगरी पानीपुरी र चटपटे दुवैमा अम्लिय पदार्थको मात्रा बढी हुने भएका काराण युवतिहरु यी परिकार प्रति बढी नै आकर्षित हुने गर्छन । के तपाई पनि पानीपुरी र चटपटेको पारखी हुनुहुन्छ ? सडक पेटीमा गएर ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ ? यदि छ भने सावधान ।

त्यस्त पानीपुरी र चटपटेमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ । सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ ।

सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित