भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा युवासंघको तालाबन्दी

दमक । भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो । नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भनि पढाउने गरेको थियो । विद्यालयले भारतको पूर्व राष्ट्रपति प्रणब मुखर्जीको तस्बिर राखेर हाम्रो देशको राष्ट्रपति भएको र नरेन्द्र मोदी देशको प्रधानमन्त्री भएको भनि विद्यार्थीलाई पढाउने गरेको थियो ।

नेपाली राष्ट्रियतामाथि गम्भीर आँच पुग्ने गरी भारतीय राष्ट्रियताको पाठ पढाएकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले बताए । युवा संघले विद्यालयको प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको छ। युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको थियो ।
विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने गरेको पाइएको हो । विद्यालयले ५ सय विद्यार्थीलाई भारतको राष्ट्रियता हाम्रो देशको राष्ट्रियता हो भनि पढाउने गरेको पाइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित