बिद्यालयको मनपरीबिरुद्ध उत्रिए जग्गादाता

बेलबारी । बेलबारीकै पुरानोमध्येको एक भगवती माध्यमिक बिद्यालयले सडकभित्रै पर्नेगरी भाडामा लाउने भन्दै सटर निर्माण गरेपछि जग्गादाताहरु बिरोधमा उत्रिएका छन ।
बिद्यालयजस्तो पबित्र ठाँउमा अन्य स्रोत हुँदाहुँदै बिद्यालयले आफुखुसी सडकको ८५ फिट भित्र नै ईटा लगाएर सटर निर्माण गरेपछि बिद्यालयका जग्गादाता समेत रहेका प्रतापकुमार थापा लगायतले बिरोध गर्दै निर्माण कार्य अबरुद्ध गरेका छन । सटर निर्माण कार्य रोक्न नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराउँदा समेत आफुहरुको माग बेवास्ता गर्दै सडककको जग्गामा ब्यापार गर्ने नियतका साथ निर्माण कार्य नरोकेको भन्दै आईतबार थापा लगायत बेलबारीका केही युवाहरुले निर्माण कार्य अबरुद्ध गरेका छन । निर्माण कार्य नरोकिए एक्लै भएपनि आन्दोलन गर्ने उनले चेतावनी दिएका छन ।

पटक पटक बिभिन्न बिवादमा मुछिँदै आएको सो बिद्यालयले यसअघि पनि दाताले दिएको जग्गामा मनपरी गरेको र दाताहरुको उपेक्षा गरेको आरोप खेप्दै आएको छ । सो बिद्यालयमा कुन दाताले बिद्यालयलाई कति जग्गा दिएको हो र कहाँको जग्गा दिएको हो भन्ने बारेमा समेत अझै अन्यौलता कायमै रहेका बेला बिद्यालय प्रशासनले फेरी सडकमै सटर निर्माण गरेर अर्को बिवाद सिर्जना गरेको छ । गुणस्तरीय शिक्षा दिनुपर्ने बिद्यालय सरस्वतीको मन्दिर भएपनि पैसा कमाउने हेतुका साथ लक्ष्मीको ब्यापार गरेको भन्दै केही स्थानीय आक्रोशित बनेका छन । यस बिषयमा बिद्यालयका प्रधानाध्यापक मानबहादुर खडकाले निर्माण कार्य नरोक्ने र आफनो जग्गामा सटर निर्माण गर्न पाउने बताएका छन ।

उता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले भने यस बिषयमा बिद्यालयले आफनो जग्गाभित्र जे पनि गर्न पाउने जवाफ फर्काएका छन । नगरपािलकाले ८२ फिटभित्र बनिरहेको संरचना भएपनि बिद्यालयले निर्माण गरेका सटर ८५ फिटमा मात्र रहेको बताए । सडक बिभागले पछि सडक फराकिलो पार्दा सो संरचना भत्काउने गरी निर्माण गरिएको उनको भनाई छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित