विराटनगरको शैक्षिक मेलामा विद्यार्थीको उत्साहजनक सहभागिता

 विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक बिराटनगरमा भएको बृहद् शैक्षिक मेलामा विद्यार्थीको घुइँचो बढेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीको घुइँचो लागेकाे हाे ।
अाइतबारबाट शुरु भएको शैक्षिक मेलामा एकै दिन एक हजार  पाँच सय बढि विद्यार्थीले अवलोकन गरेका छन  । गुणस्तरीय शिक्षा नेपालमा होस् वा विदेशमा भन्ने मुल नाराका साथ शुरु भएको शैक्षिक मेलामा पहिलो दिन एक हजार पाँच सय बढि विद्यार्थीले अवलोकन गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलका अध्यक्ष रोशन निरौलाले जानकारी दिए ।
विराटनगर स्थित होटल नमस्कारमा आयोजित शैक्षिक मेलामा   विभिन्न क्षेत्रबाट विद्यार्थीहरु आएका थिए । शैक्षिक मेलामा विद्यार्थीले ब्याचलर, मास्टर्स तहका नर्सिङ, आइटी, इन्जिनियरिङ, म्यानेजमेण्ट, कम्प्युटर साईन्स, एकाउण्टिङ, फार्मेसी, एग्रिकल्चर जस्ता विषयमा जानकारी लिएको मेलाका सहसंयोजक रवि कुमार गुप्ताले जानकारी दिए ।
 नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चलको आयोजनामा भएको शैक्षिक मेलामा देशका उत्कृष्ट शैक्षिक परामर्श ब्यवसाथीहरुको ६० भन्दा बढि स्टलहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित