प्रबिधिमैत्री बन्दै बेलबारीमा सामुदायिक बिद्यालय

बेलबारी । सामुदायिक बिद्यालयप्रति अविभाबकको आकर्षण दिन प्रतिदिन घटदै जान थालेपछि सामुदायिक बिद्यालयहरु प्रबिधिमैत्री बनाउन प्रतिष्पर्धा गर्न थालेका छन । सामुदायिक बिद्यालयले पढाईको गुणस्तर समेत बढाउन थालेका छन ।

बैशाख महिना बिद्यार्थी भर्ना अभियानका रुपमा मनाउने सरकारले निर्णय लिएसँगै शिक्षकहरु बिद्यालय नआएका बिद्यार्थी खोज्न ब्यस्त छन । सामुदायिक बिद्यलायले पढाईको गुणस्तर बढाउने प्रतिबद्धता सहित शैक्षिक गुणस्तर बढाउने खालका कार्यक्रम ल्याएर सामुदायिक बिद्यलायहरु बिद्यार्थी भर्ना सँगै प्रबिधिमा जोड दिन थालेका हुन । बिद्यालय जान बाट बञ्चित भएका तथा बिभिन्न कारणले बिद्यालय जान नपाएका वालबालिकाको खोजी गर्न नगरपालिका तथा गाउँपालिकाले चासो देखाउन थालेसगै शिक्षक समेत कम्मर कसेर लागेका छन ।

शैक्षिक क्षेत्र ब्यापारका रुपमा अभिभावक तथा बिद्यार्थीको प्रयोग भएको भन्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले त्यो ब्यापारलाई अनत्य गर्ने गरी शैक्षिक कार्याबिधि मार्फत बिभिन्न कार्ययोजना ल्याएको बताए । कम्प्युटर तथा पुस्तकालय सहितको पठन पाठन गर्न नगरपालिकाले ताकेता गर्न थाले सँगै बिद्यालय पनि लागी परेका छन । बिद्यार्थीहरुलाई निजि बिद्यालयमा जतिकै पठनपाठन गर्ने गरी प्रबिधिमैत्री बिद्यालयको ब्यबस्था गरिएको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले बताए । वालमैत्री सिकाई सँगै प्रबिधिमा पनि लागेका छौ भण्डारीले भने ।

उता बेलबारी २ मा रहेको कबिर माध्यमिक बिद्यालयमा माध्यमिक तहको पठनपाठन भएपनि बिद्यालयमा एक जना पनि माबि दरबन्दीका शिक्षक छैनन । दरबन्दी नभए पनि पुस्ताकालय तथा कम्प्युटरबाट पठनपाठन गरिरहेको प्रधानध्यापक दुर्गा प्रसाद गौतमले बताए । एउटै कम्प्युटरवाट २० जना भन्दा वढि बिद्यार्थीले पढ्न पाउने ब्यबस्था गरेको समेत गौतमले बताए । बिद्यालयहरुले प्रोजेक्टरको प्रयोग गरेर पठन पाठन सुरु गरेका छन । पुस्कतकालय सगै कम्प्युटर प्रबिधिबाट बिद्यालयहरुले शिक्षा प्रदान गरिरहेका छन ।
नगरपालिकाले बिद्यार्थीको आकर्षण बढाउन बिपन्न परिवारका बालबालिकालाई बिद्यालय पोशाक, झोला, खाजा,पुस्तक,जुत्ता मोजा लगातका सामाग्रिहरु दिन थालेको छ ।

वालवालिकालाई खाजाको ब्यबस्था समेत नगरपालिकाले गर्ने भएको छ । बालबिकास केन्द्रमा अध्यनरत बिद्यार्थीलाई १५ लाख खाजा खर्च छुटयाईएको छ । उत्कृष्ट पठन पाठन गर्ने दुईवटा बिद्यलयलाई समेत सम्मान गरीने बेलबारी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । एक माध्यमिक र एक आधारभुत बिद्यलायलाई सम्मान गरिने प्रशासकिय अधिकृत दाहालले बताए । बिद्यलायको आन्तरीकप्रशासन ब्यबस्थापन गर्ने उदेश्यले सबै सामुदायिक बिद्यलायहरुमा बिद्युतीय हाजिरीको ब्यबस्थाको समेत तयारी ग गरेको छ । बेलबारीमा जम्मा ३२ वटा बिद्यलाय रहेका छन । २१ वटा आधारभुत रहेका छन भने ११ वटा माध्यमिक बिद्यालय रहेका छन ।

हाल १ दर्जन भन्दा वढि बिद्यालयमा अग्रेजी माध्यमवाट पठन पाठन भईरहेको छ भने अन्य बिद्यलायमा यो शैक्षिक सत्रभित्र नै अग्रेजी माध्यमबाट पठनपाठन गरिने गरी तयारी भइरहेको छ । यसैबिच बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यलायलयको नब निर्मीत भवनको एक कार्यक्रमका बिच शिलान्यास गरीएको छ । उक्त बिद्यालयको पुस्तकालयको उद्घाटन समेत गरिएको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित