मासिक सय रुपैंयामा अध्ययन

संखुवासभा । संखुवासभाको खाँदबारीमा मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट पढाई हुने समता स्कुल सञ्चालमा आएको छ । यो वर्ष नर्सरी, एलकेजी, युकेजी र कक्षा–१, गरी चार वटा कक्षा सञ्चालन हुने स्कुलका प्रमुख सन्तोष श्रेष्ठले बताए ।

स्कुलले पहिलो वर्ष हरेक कक्षामा २५ देखि ३५ जनाका दरले विद्यार्थी भर्ना गराएको छ । नेपालमा २००१ बाट सुरु गरिएकोे समता स्कुलले अहिले ४५ भन्दा बढी जिल्लामा कक्षा सञ्चालन गर्दै आएको छ । न्यून मासिक शुल्कमै निजी विद्यालयको जस्तै गुणस्तरीय र अंग्रेजी माध्यमको शिक्षा पाइने भएपछि अभिभावकहरु समता स्कुल प्रति आकर्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित