सामुदायिक विद्यालयमा विद्यार्थी तान्दै प्राविधिक विषय

ललितपुर  अघिल्लो वर्षसम्म सेन्ट जेभियर्स विद्यालयमा अध्ययनरत छोरीलाई लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयमा भर्ना गर्न पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीहरि थापा विद्यालय पुग्नुभयो ।

शैक्षिकसत्रको पहिलो महिना भएकाले अहिले देशभर विद्यालय भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा भर्ना गर्न÷गराउन त्यहाँका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी अभिभावकलाई सम्झाउँदै छन् तर यो विद्यालयमा भने शिक्षित अभिभावक आफैँ छेरा–छोरी लिएर भर्ना गराउनका लागि पहल गर्दै आइरहेका छन् । केही दिन पहिलेमात्रै अर्का एक अभिभावक पनि सेन्ट जेभियर्समा नै अध्ययनरत छोरा लिएर भर्ना गर्न यहाँ आइपुग्नुभएको थियो ।

विगतमा झै यस वर्षमात्रै आठ विद्यार्थी निजी विद्यालयबाट यहाँ भर्ना हुन आएका छन् । निजी तथा अन्य सामुदायिक विद्यालयबाट यस विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या वर्षेनी बढिरहेको छ ।

प्राविधिक विषय (इलेक्ट्रिकल इञ्जिनियरिङ) को अध्ययनका कारण विद्यार्थी सङ्ख्या वर्षेनी बढिरहेको विद्यालयका सहप्रधानाध्यापक रवीन्द्र थापा बताउनुहुन्छ । नियमित कक्षा, मजबुत व्यवस्थापनका कारण यो विद्यालयमा शिक्षित अभिभावकको चासो बढेको हो । विद्यालयमा अहिले कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयअन्तर्गत इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको अध्ययन भइरहेको छ । उहाँ भन्नुहुन्छ, “यहाँ पढ्नका लागि टाढाबाट धाएर आउने विद्यार्थीसमेत छन् ।”

प्रतिक्रिया

सम्बन्धित