प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा ३.७ प्रतिशत वालवालिका विद्यालय वाहिर

झापा  । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । यो जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिन्छ । त्यसमा पनि बिर्तामोड नगरपालिका अझ सुगम ठाउँ हो । अझ भनौं बिर्तामोडलाई झापाकै मुटु पनि भन्ने गरिन्छ । पूर्वकै प्रमुख व्यावारिक केन्द्र विन्दूका रुपमा रहेको बिर्तामोड नगरपालिकालाई शैक्षिक ‘हव’कै रुपमा लिइएको छ । यहाँ क्याम्पस सहित १८ वटा सामुदायिक विद्यालय छन् । झण्डै तीन दर्जनको हाराहारीमा निजी विद्यालय सञ्चालित छन् ।

२०७१ साल जेठ ४ गते साविक अनारमनी र चारपाने गाविसलाई समेट्दै बिर्तामोड नगरपालिका घोषणा गरिएको थियो । पछि गरामनी गाविसलाई पनि बिर्तामोड नगरपालिकामा समावेस गरिएको छ । २०६८ सालको जनगणना अनुसार बिर्तामोड नगरपालिकामा ६० हजार १ सय ७४ जनसंख्या रहेको छ ।

सुगम जिल्ला, त्यसमा पनि शैक्षिक ‘हव’का रुपमा चिनिएको यो नगरमा एउटा त्यस्तो सामुदायिक विद्यालय छ जहाँ लक्षित समुदायका मात्र वालवालिका अध्ययनतर छन् । कोच आदिवासी, मुस्लिम, सिमान्तकृत र सुकुम्वासी टोलका मात्र वालवालिका अध्ययन गर्ने अनारमनी आधारभूत विद्यालय वत्ती मुनी अध्यारो भने झैं छ । यहाँका अभिभावकमा चेतनाको कमीका कारण आफ्ना नानीहरुलाई विद्यालय पठाउनु भन्दा काममा लगाउन अभिभावक उत्साहित हुने गरेको विद्यालयका प्रधानाध्यापक टंक कटुवालले बताए ।

बिर्तामोड नगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर पूर्ब उत्तर र पूर्व – पश्चिम राजमार्गको मुक्तिचौकबाट पनि एक किलोमिटर पूर्व दक्षिण बिर्तामोड नगरपालिका – ४ घण्टीवारीमा यो विद्यालय रहेको छ । २०६९ सालमा स्थापना भएको यो विद्यालयमा १६९ जना विद्यार्थी भर्ना भएपनि मुस्किलले आधा विद्यार्थीमात्रै नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्याक कटुवालले बताए ।

बिर्तामोडमा रहेका विभिन्न सामाजिक संघ संस्थासंग समन्वय गर्दै विद्यालयमा भर्ना भएका सवै विद्यार्थीलाई निःशुल्क स्कूल व्याग र स्टेसनरी सामग्री प्रदान गर्न थालेपछि विद्यालय आउने विद्यार्थीको संख्या विस्तारै बढ्न थालेको प्रधानाध्यापक कटुवाल बताउछन। विद्यालय आसपासमा लक्षित समुदायकको वसोवास रहेको र उनीहरुले आफ्ना बालबच्चालाई विद्यालय नपठाएपछि विद्यालयसंग सहकार्य गर्दै लायन्स क्लव अफ बिर्तामोडले विद्यार्थीलाई स्कूल व्याग र स्टेसनरी सामग्री प्रदान गरेको लायन्स क्लवल अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित