सफल होला त बिद्यालयमा कार्यक्रम गरेर बिद्यार्थी भर्ना अभियान ?

बेलबारी । नयाँ शैक्षिक सत्रको शुरुवात सँगै सरकारले नयाँ भर्ना अभियान सञ्चालन गरेको छ । प्रधानमन्त्री देखि सामान्य नागरिक समेत बिद्यार्थीको अभिभावक बन्दै भर्ना अभियान सञ्चालन भईरहेको छ । सरकारी बिद्यालयका शिक्षकका छोराछोरी निजि बिद्यालयमा पढाउन नपाउने नियम पनि लागु भएको छ तरपनि त्यो प्रभावकारी रुपमा लागु भएको पाईएको छैन ।

सामुदायिक बिद्यालयप्रति अविभाबक र बिद्यार्थीको आकर्षण दिन प्रतिदिन घटिरहेका बेला धेरै बिद्यालयहरुले अग्रेजी माध्यायममा पढाई समेत शुरु गरेका छन । बिभिन्न महानगर,उपमहानगर,नगर र गाँउपालिकाले नयाँ भर्ना अभियान नै सञ्चालन गरिरहेका छन । तरपनि बालबालिकाहरु सामुदायिक बिद्यालयमा भर्ना हुने क्रम एकदमै न्युन देखिन्छ भने अर्कोतर्फ गरिबीको रेखामुनि रहेका बालबालिका सम्म यो कार्यक्रम पुग्न सकेकै छैन । उनीहरु बिहान बेलुका बनिबुतो गर्नेदेखि निगुरो टिप्ने,र खोलामा गिट्टी कुटेर जिवन धान्न बाध्य रहेका छन ।

बिद्यार्थी खोज्न भन्दै अभियान टोलीका सदस्यहरु बिद्यालयमा पुग्ने गर्दछन । बिद्यालय आईरहेका बालबालिका त बिद्यालय आएकै छन । तर बिद्यालय नदेखेका,नआएका र बाताबरण नभएका बालबालिकाको खोजी गरी उनीहरुलाई बिद्यालय ल्याएर भर्ना गर्न सके मात्र यो अभियान सफल हुने देखिन्छ । बिद्यालय आएका बालबालिकालाई कापीकलम र झोला बाँडेर मात्र नयाँ भर्ना अभियान सफल हुँदैन । त्यसका लागी पुर्ण तयारीका साथ अभियान सञ्चालन गर्नु आबश्यक रहेको छ ।

जनचेतनाका अभाव र गरीबिका कारण धेरै बालबालिका बिद्यालय जानबाट बञ्चित छन । बालबालिकालाई बिद्यालय सम्म पुर्याउनका लागी गाँउ गाँउमा गएर बिद्यार्थी खोज्न अभियान थालिएपनि त्यो प्रभावकारी हुन सकेको देखिएको छैन । बिद्यालय जान्बाट बञ्चित भएका तथा बिभिन्न कारणले बिद्यालय जान नपाएका वालबालिकाको खोजी गर्न टोली बिद्यालयमा भन्दा पनि बस्ति,झुपडी र खोलाको बगरमा पुगेर अबस्था हेरे मात्र असली बिद्यालय जान नसकेका बालबालिकाको अबस्था बुझन सहज हुने देखिन्छ । शिक्षाको कमी भएका तथा गरीविको रेखा मुनी रहेका बालबालिकाकाको वडा कार्यालय मार्फत खोजी गरी पहिचान गर्न सकेमात्र यो अभियान सफल हुने देखिन्छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित