नगरपालिका बिद्यार्थी खोज्दै,शिक्षक आन्दोलन चर्काउँदै

बेलबारी । नयाँ शैक्षिक शत्र सुरु भएसँगै बिधार्थी भर्नाका लागी नगरपालिकाले चासो देखाईरहेका बेला बेलाबारीमा शिक्षकहरुले भने आन्दोलनको चेतावनी दिएका छन ।
बेलबारी नगरपालिकाले तयार गरेको शैक्षिक ब्यबस्थापन कार्यबिधिमा शिक्षकहरुका हक अधिकार खोसिएको भन्दै बिभिन्न शिक्षकहरुका संघ संगठनले बेलबारी नगरपालिकालाई ज्ञापन पत्र बmुझाएका छन ।

बिद्यालय ब्यबस्थापन समितिमा प्रधानाध्यापक लाई मतदान गर्ने अधिकार नदिनु, बिद्यालय ब्यबस्थापन समितिका अधिकार कटौति गरी नगप्रमुखमा राखेको,पहाडी भुगोल नभएको नगरपालिकामा कार्यबिधिमै भौगोलिक बिकटता देखाईएको लगायतका माग राख्दै बेलबारीका ५ वटा संघ संगठनले मंगलबार नगर प्रमुख ज्ञानेन्द्र सुबेदीलाई ज्ञापन पत्र बुझाएका छन ।


नेपाल राष्ट्रिय शिक्षक संगठन बेलबारी, नेपाल शिक्षक संघ बेलबारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन बेलबारी, निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन,नेपाल राष्ट्रिय निजि तथा आवासिय बिद्यालय अर्गनार्ईजेशन नेपाल बेलबारी नगरसमिति लगायतका संघ संगठनले ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्र बुझाउदै संघ सगठनहरुले नगरपालिकाले कार्यबिधि नसच्याए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन । यसअघि बेलबारी नगरपालिकाले सबै सरकारी बिद्यालयमा बिद्युतिय हाजिरी अनिबार्य गर्ने समेत निर्णय गरेको थियो ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित