जुनताराको वार्षिकोत्सव सम्पन्न

पथरीशनिश्चरे / पथरीशनिश्चरे–२ मा अवस्थित जुनतारा बोर्डिङ स्कुलले विविध कार्यक्रम गरी सोमबार आफ्नो ९औँ वार्षिकोत्सव मनाएको छ । पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा नतिजा प्रकाशनसँगै पुरस्कार वितरण, साङ्गीतिक एवम् सांस्कृतिक कार्यक्रम भएको थियो ।

सो अवसरमा विद्यालयका प्रिन्सिपल राजकुमार राईले आगामी शैक्षिक योजनाका बारेमा प्रस्ट पारेका थिए भने विद्यालयकी निर्देशक कला राईले विद्यालयको गतिविधिबारेमा प्रकाश पारिन् । शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष सिर्जना राईको सभापतित्वमा भएको कार्यक्रममा एभरेस्ट माविका निर्देशक रविन कन्दङ्वा, अन्नपूर्ण माविका निर्देशक मदन थापा, संस्थापक अध्यक्ष कुमार चाम्लिङ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

वडा नं. २ का वडाध्यक्ष यामप्रसाद गुरागाई विशिष्ट अतिथि रहेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रीता राईले गरिन् । यस विद्यालयमा हाल कक्षा ७ सम्मको पढाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित