सुविजिमुरकाे २४ अाै अभिभावक दिवश तथा शुभकामना अादानप्रदान कार्यक्रम

इटहरी । माेरङकाे शुन्दर हरैचा नगरपालिका अन्तरगत बिराटचाेकस्थित सुविजिमुर मेमाेरियल माध्यमिक बिद्यालयले शनिबार अाफ्नाे २४ अाै अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा एक हजार भन्दा बढी अभिभावक तथा शुभचिन्तकहरूकाे उपस्थिति रहेकाे थियाे ।

बिद्यालयले शनिबार नयाँ शैक्षिक शत्रकाे  अागमन संगै २०७४ काे परिक्षा फल सार्वजनिक तथा अाउदै गरेकाे नयाँ बर्ष २०७५ काे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रम पनि गरेकाे थियाे ।

बिद्यालयमा अध्यन्नरत साना बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम सहित सुरूवात भएकाे अभिभावक दिवसमा उत्कृस्ट बिद्यार्थी , कर्मचारी तथा शिक्षाकहरूलाृइ सम्मान पत्र र दाेसल्ला अाेढाएर सम्मान गरीएकाे थियाे ।शैक्षिक क्षेत्रमा राम्रो नतिजा हाँसिल गदै आएको सुविजीमुरले कार्यक्रममा उत्कृष्ट हुने विभिन्न कक्षाका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको थियो ।

कार्यक्रममा विधालयका विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने सांस्कृतिक नृत्यहरु, मनोरन्जनात्मक प्रस्तुति तथा चेतनामूलक नाटक समेत प्रस्तुत गरेर उपस्थीत सबैलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा मुस्लिम बस्तिमा शिक्षाकाे ज्याेति फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सुन्दर हरैचा ९ स्थित मदरसा सिराजुल उकुम निम्न माविलार्इ सम्मान गरीएकाे थियाे । साे बिद्यालयका तर्फबाट ब्यवस्थापन समिति अध्यक्ष अताबुल अन्सारीले नगद रू १० हजार  दाेसल्ला र प्रमाण पत्र ग्रहण गरेका थिए ।

कार्यक्रममा बिद्यालयले बिभिन्न समयमा लिएकाे परिक्षा तथा खेलकुदमा उत्कृस्ठ नतिजा ल्याउने बिद्यार्थिहरूलार्इ पनि सम्मान गरीएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि रहेका शुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले  बिद्यालयकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दै नगरपालिकाकाे अागामि याेजनाहरू छाेटकरिमा सुनाएका थिए । मेयर ढकालले अब चाडै नगरमा शिक्षा निति ल्याउने बिकासकाे ढाेकाहरू खाेल्ने , र माेरङकै उत्कृस्ट नगर बनाउन अाफु लगायत सबै जनप्रतिनिधिहरू लागि पर्ने बताएका छन ।

कार्यक्रममा शिक्षासेवी दिपक गौतम, प्याब्सन केन्द्रीय सदस्य हेमन्त कार्की, सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई , विद्यालयका प्राचार्य गोविन्द कार्की, विधालय व्यवस्थापन समितीका अध्यक्ष केशव अधिकारी लगायतले विधालय तथा शिक्षा क्षेत्रको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित