प्लाष्टिकको बहुआयामिक उपयोग र फोहोर व्यवस्थापनका लागि विद्यालय जागरण अभियान

हाम्रो दैनिक जीवनमा विभिन्न वस्तु तथा सेवामार्फत प्लास्टिकको बहुआयामिक उपयोग र महत्वका बावजुद पनि प्लास्टिकले वातावरणमा नकारात्मक असर बढी गरेको छ भन्ने भ्रम जनमानसमा विद्यमान रहेको देखिन्छ । यसै कुरालाई स्पष्ट गर्न प्लास्ट नेपाल फाउन्डेशनले प्लाष्टिकको बहुआयामिक उपयोग र यसको महत्वका साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

यस कार्यक्रमको आवश्यकता महसुस गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा चेतना र जागरण ल्याउन तथा प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापनका लागि प्लास्ट नेपाल फाउन्डेशनले यस अभियानको सुरुवात गरेको हो । यिनै विद्यार्थीहरु मार्फत उनीहरुको घर परिवार र टोल छिमेकमा समेत फोहोर व्यवस्थापन गर्ने कार्यमा जागरण फैलाउने यस अभियानको मूल उद्देश्य रहेको छ ।

विद्यालय स्तरमा यस किसिमको कार्यक्रम सञ्चालन गर्ने प्रयास अनुसार पहिलो चरणमा विभिन्न विद्यालयहरुमा जागरण कार्यक्रम सञ्चालन गरिएको हो । पहिलो चरणमा ललितपुरको इमाडोलस्थित श्री गम्भीर समुन्द्रसेतु माध्यमिक विद्यालय, ग्वार्कोस्थित श्री प्रभात माध्यमिक विद्यालय, महादेवस्थान कोटेश्वरस्थित श्री सरस्वती माध्यमिक विद्यालय र भक्तपुरको कौशलटारस्थित जनप्रेमी निम्न माध्यमिक विद्यालय गरी १६० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा प्लाष्टिकको बहुआयामिक उपयोग, प्लाष्टिकले बनेका सामाग्रीको महत्व, विशेषता वा गुण र प्लाष्टिकबाट हुनसक्ने फोहोर र वातावरण प्रदूषणमा प्लाष्टिकजन्य फोहोरको प्रभाव सम्बन्धी जानकारी दिनुको साथै त्यस विषयमा जनचेतना वा जागरणको आवश्यकता बारे छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित