त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

काठमाडाँै /त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

त्रिवि सामान्य प्रशासन महाशाखाले यही चैत १६ गते पत्र पठाई सबै निकायलाई सो व्यवस्थाका लागि निर्देशन गरेको हो ।

बाँकेका नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट र प्रतिक्षा गिरीले गत चैत्र १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी ‘हेलो सरकार’ मा विश्वविद्यालयलाई धुम्रपान निषेधित क्षेत्र बनाइयोस् भन्ने उजुरी दर्ता गरेपछि जनगुनासो व्यवस्थापनका लागि विश्वविद्यालयले सो निर्देशन गरेको हो ।

उजुरीमा सरकारले सिंहदरबारभित्र खैनी चुरोट बोकेर प्रवेश निषेधको नियम लागु गरिसकेको तर त्रिभुवन विश्व्विद्यालयको केन्द्रीय कार्यालय परिसरमा थुप्रै विद्धानहरु धुम्रपान गरेर बसिरहेको भेटिने गरेको र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको क्यान्टिनबाट खुलेआम चुरोट बिक्री वितरण भइरहेको पाइएको उल्लेख छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धुम्रपान

प्रतिक्रिया

सम्बन्धित