अब इटहरीमा पनि अनलाइनबाट खानेपानी महसुल भुक्तानी

सुनसरी । सुनसरीको इटहरीका उपभोक्ताले अनलाइनमार्फत महसुल भुक्तानी गर्न सुरु गरेका छन् । भुक्तानी सेवा प्रदान गर्न अनुमति पाएको ई–सेवा कम्पनीले इटहरीमा काउन्टर राखेपछि अनालाइन भुक्तानी सुरु भएको गरिएको हो ।

अनालाइनबाट भुक्तानी दिनसक्ने भएपछि ४० रुपैयाँको महसुल तिर्न ५० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता हटेको इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ताका अध्यक्ष रामप्रसाद चौलागाइले बताए । यसअघि, ई सेवाले भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी, कास्कीको लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानीका उपभोक्ताले अनलाइनबाट भुक्तानी गर्न पाउँने गरी व्यवस्था मिलाइएको थियो ।

त्यस्तै, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महसुल तिर्न सकिने सुविधा मिलाएको थियो । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेसनबाट गर्न सकिने ई(सेवाले जनाएको छ। त्यस्तै, उपभोक्ताले आफ्नो मोबाइल तथा इन्टरनेटबाट महसुल भुक्तानी गर्न सक्ने जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित