इटहरीमा प्रदेस नम्वर १ स्तरीय क्यान इन्फाेटेक सुरु

इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्वमा भई रहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस नम्वर १स्तरीय पाँच दिने सुचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको मेलाको उद्घाटन पदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले गरे । क्यान महासंघ केन्द्रको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुरु भएको सुचना प्रविधि मेलामा आईटी क्षेत्रंग सम्वन्धीत विभिन्न कम्पनीहरुका , मोबाईल,ल्यापटप, इन्टरनेट लगायतका विश्व बजारमा प्रयोग हुदै आएका सामा्रीहरुको पर्दशनीका साथै विक्री वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

इटहरीको जनता प्राथमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको क्यान इन्फोटेक मेलामा सुचना प्रविधिमा विभिन्न ९६ वटा स्टल रहेको जनाइएको छ । मेलाबाट उपभोक्ताका साथै विक्रेताहरुले समेतले लाभ लिने आयोजक संस्थाले अपेक्षा गरेको छ । मेलामा सुचना प्रविधिका विषयमा व्यवसायी र उपभोक्ताहरुले प्रत्यक्ष जानकारी हासिल गर्ने सकने भएका कारण पनि उपभोगी रहेको उद्घाटन सत्रका वक्ताहरुले जोड् दिए । कार्यक्रममा सहभागी वक्ताहरुले सुचना प्रविधिको क्षेत्रलाई व्यवस्थित वनाउदै स्कुल तह देखिनै सुचना प्रविधिका विषयमा पठन पाठन गरिनु पर्नेमा जोड दिए ।

त्यसै गरी मुलुक संघियतामा गई सकेकाले तीनै तहका सरकारहरु सुचना मैत्री वन्दै प्रविधिको प्रयोगमा जोड दिनु पर्नेमा ध्यानाकर्षण गराए । कार्यक्रममा प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राई , प्रदेस नम्वर १की उपसभामुख सरस्वती पोखरेल, प्रदेसभा सदस्य लिलम वस्नेत , क्यान महासंघ केन्द्रीय अध्यक्ष हेमन्त चौरसिया, प्रदेस नम्वर १ संयोजक देवकुमार सुव्वा, सुनसरी अध्यक्ष बलराम भण्डारीले बोलेका थिए । मेलामा विक्रीका लागि राखिएका सुचना र प्रविधि सामाग्रीहरुको विक्रीमा छुटको व्यवस्था गरिएको समेत आयोजकले जनाएका छन । सुचना र प्रविधि मेला अवलोकन र सामान खरिद गर्ने प्रदेस नम्वर १का विभिन्न क्षेत्रका उपभोक्ताहरु आईपुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित