इटहरीमा क्यान इन्फाेटेक मेला तयारी तिब्र , स्टल बुकिङ अन्तिम चरणमा

इटहरी ।  सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेकाे प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाकाे तयारी तिब्र बनेकाे छ । मेलाकालागि स्टक बुकिङपनि अन्तिम चरणमा पुगेकाे अायाेजकले जनाएकाे छ । ११५ वटा स्टलहरू रहने उक्त मेलामा हाल सम्म ८५ प्रतिशत स्टलहरू बुकिङ भइसकेकाे अायाेजक क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

मेलाका लागि अावस्यक सामगी एवमं स्पाेन्सरहरूकाे खाेजि सकिएकाेले मेलाकाे तयारी तिब्र गतिले अघि बढेकाे अध्यक्ष भण्डारीले बताए । इटहरी स्थित जनता नि.मा.विकाे प्राङगणमा हुने मेलामा टाइटल स्पाेन्सर हिक भिजन एसाेसिएट स्पाेन्सर डिजिकम रहेकाे छ भने प्ल्याटनियम स्पाेनसर बारकाेड नेपाल, इटहरी इन्टरनेश्नल कलेज डाइमन्ड स्पाेन्सर क्यानाेन, एचएफसी गाेल्ड स्पाेन्सर अाेलि एण्ड एसाेसिएटस, नेटइज, एप्सर  सिल्भर स्पाेन्सर टेक्नाेस, एनपि एभि टिकट स्पाेन्सर इ–स्कान र अफिसियल स्पाेन्सरमा सनराइज बैंक, प्यारागन अाइटी, प्रुडेन्सियल इन्स्योरेन्स, शैलुङ मेडिकल, वाइ जाेन, कस्तुरी एकेडमी, सुस्मा इन्जिनियरिङ कलेज, इसेवा, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, कुनाल स्टाेर, ग्राफिका इन्टरनेशनल लगायतका रहेका छन्।

मेलामा अाकर्षककाे रूपमा बिश्वकै सानाे माेबाइल प्रदर्शनमा राखिने भएकाे छ । अान्तरिक तथा बाहिय पर्यटकहरूलार्इ पुराना प्रविधिहरूकाे संरक्षण र त्यसकाे फाइदाबारे ज्ञान दिन उक्त माेबाइल प्रदर्शनमा राख्न लागिएकाे क्यान महासंघ सुनसरीले जनाएकाे छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित