इटहरी क्यान इन्फाेटेक मेलामा बिश्वकै सानाे माेबाइल प्रदर्शनमा राखिने

इटहरी / सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेकाे प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानाे माेबाइल प्रदर्शनमा राखिने भएकाे छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेकाे मेलामा बिश्वकै सबैभन्दा सानाे माेबाइल प्रदर्शनीमा राखिने भएकाे हाे ।

अान्तरिक तथा बाहिय पर्यटकहरूलार्इ पुराना प्रविधिहरूकाे संरक्षण र त्यसकाे फाइदाबारे ज्ञान दिन उक्त माेबाइल प्रदर्शनमा राख्न लागिएकाे क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए । इटहरीको जनता निम्न माविको खेल मैदानमा हुन क्यान इन्फोटेक मेलामा जम्मा १ सय २८ स्टलहरू रहने जसमा ८० प्रतिशत स्टलहरू बुकिङ भइसकेकाे र थप तयारी तिब्र पारिएकाे  मेला संयाेजक सन्देश रार्इले बताए ।

मेलामा एसाेसिएट स्पाेन्सर डिजिकम रहेकाे छ भने प्ल्याटनियम स्पाेनसरमा बारकाेड नेपाल, इटहरी इन्टरनेश्नल कलेज , गाेल्ड स्पाेन्सरमा अाेलि एण्ड एसाेसिएटस , सिल्बर स्पाेन्सरमा टेक्नाेस लगायत रहेकाे क्यान सुनसरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित