अब अनलाइनबाटै लाइसेन्सको आवेदन फारम भर्न सकिने, यस्तो छ तरीका

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फारमा अव अनलाईनबाट भर्न सकिने भएको छ । सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा अत्यधिक भिडभाड भएको भन्दै अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको हो । कर्णालीबाहेकका सबै कार्यालयबाट दैनिक निश्चित कोटा तोकेर अनलाइन आवेदन लिन सकिने व्यवस्था गरेको यातायात व्यवस्था विभागले जनाएको छ । मंगलबारदेखि यातायात कार्यालयमा गएर आवेदन दिनुपर्ने व्यवस्थाको अन्त्य भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयलाई परिपत्र गरी पुस २५ गतेदेखि विभागको वेबसाइटमा रहेको अनलाइन फारम सिस्टम सञ्चालनमा ल्याउन भनेको हो । विभागले लाइसेन्सको वर्ग ‘ए’ (मोटरसाइकल), ‘के’ (स्कुटर) र ‘बी’ (कार÷जिप)को नयाँ र वर्ग थपको अनलाइन दरखास्त दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । अञ्चल कार्यालयका अनुसार दैनिक कोटा फरक–फरक रहेको छ । दुवै वर्गका लागि निश्चित कोटा तोकेर अनलाइनबाट नै आवदेन दिन सकिने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।

लामो समयमा एक पटक खुल्दा सवारी चालक अनुमतिपत्र लिने सेवाग्राही संख्यामा बृद्धि हुने भएकोले पनि सास्ती भोग्नु परेको र कार्यालयहरूलाई समेत व्यवस्थापन गर्न जटिल भएकाले अनलाइनबाट मात्रै आवेदन दिन सकिने व्यवस्था अनिवार्य गरिएको भट्टराईले बताए । कर्णाली अञ्चल बाहेक सबै अञ्चल कार्यालयहरूबाट अनलाइनमै आवेदन दिन सकिने भएको छ ।

अनलाईन फारम भर्नकालागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित