अाेप्पाे माेवायल किन्दै हुनुहुन्छ सावधान : यस्ता खराबीले धमाधम फिर्ता हुदैछन

काठमाडौं । छाेटाे समयमै नेपाली बजारमा अाफ्नाे स्वामित्व कायम गरेकाे चीनियाँ कम्पनीद्वारा उत्पादित ओप्पो ब्राण्डको मोवाइलमा  अहिले बिभिन्न खराबीहरू देखा पर्न थालेका छन । माेबाइलमा खराबी देखिएसंगै ग्राहकहरूले धमाधम फिर्ता गर्न थालेका छन । अाेप्पाे माेवाइल बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रका सामानहरूमा खराबी अाएपछि उक्त कम्पनीका माेवाइलहरू धमाधम फिर्ता हुन थालेका हुन ।

सो मोवाइलमा प्रयोग भएको हाडवयर र सफ्टवयरले पूर्ण रुपमा काम नगरेपछि र सेल्फीमा उत्कृष्ठ भनी गरिएको प्रचार समेत झुट सावित भई खिचिएको फोटो धमिलो आएपछि उपभोक्ताहरुले धमाधम महंगा सेट सम्बन्धित वितरककोमा फिर्ता दिएको व्यापारीहरुले बताएका छन ।

ओप्पो ब्राण्डका मोवाइल सेटहरु गुणस्तरहिन भएको विषयमा पूर्वेली न्युज लगायत अन्य सञ्चारमाध्यमहरूले लगातार समाचार सम्प्रेसन गर्दै अाएकाे थियाे । समाचार प्रकासनसंगै माेवाइलमा देखिएका खराबीका कारण ग्राहकहरूकाे अाेप्पाे प्रति बिस्वास घटन थालेकाे पाइएकाे छ । अाेप्पाेले गरेकाे प्रचार प्रसार बिपरित माेवाइलका ब्याट्री तातिनु , ब्याट्री नटिक्नु , फाेटाे राम्राे नखिच्नु , र हयांग भइ अाफै स्विच अफ भइरहने जस्ता समस्या देखा परेपछि ग्राहकहरूले धमाधम माेवाइल फिर्ता गर्न थालेकाे बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित