नागरिकता नपाउनुको पीडा मलाई थाहा छ : रवि लामिछाने

काठमाडौं / रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नागरिकता नपाउनुको पीडा आफूलाई पनि थाहा भएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूलाई पनि नागरिकता नपाउनुको पीडा थाहा भएको भन्दै नागरिकता विधेयकको विपक्षमा नरहेको बताए । तर, विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आफूहरुको असहमति रहेको उनले बताए । 

सदनमा ल्याएर विधेयकमाथि छलफल चलाएको भए महिलाप्रति गरिएको विभेद अन्त्य गर्न र उक्त विधेयकप्र्रति स्वामित्व लिन चाहेको भन्दै लामिछानेले नागरिकविहीन जनताले नागरिकता पाउनुपर्नेमा आफूहरुको स्पष्ट धारणा रहेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित