बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत

काठमाडाैं / बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशाेरीलाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई पक्राउ गरिएकाे छ । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हाे । थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

कैलाली पुगे एमाले अध्यक्ष ओली

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

स्पा सेन्टरका सञ्चालक पक्राउ

प्रतिक्रिया