स्थानिय पाठ्यपुस्तक “हामी र हाम्रो सुन्दरहरैँचा” सार्वजनिक

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा १० स्थित सुकुना माविमा स्थानिय पाठ्यपुस्तक सार्वजनिकीकरण तथा वितरण कार्यक्रम सम्पन्न भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाकाे प्रकाशनमा तयार पारिएकाे “हामी र हाम्रो सुन्दरहरैँचा” पुस्तक सार्वजनिक भएको हाे । पुस्तककाे सार्वजनिक कार्यक्रम नगर प्रमुख केदारप्रसाद गुरागाइकाे प्रमुख अतिथिमा भएको थिए । नगर प्रमुख गुरागाइले नगरपालिकाकाे पहलमा शिक्षा शाखाद्वारा प्रकाशन भएको पुस्तक “हामी र हाम्रो सुन्दरहरैँचा” महत्त्वपूर्ण भएकोले यसबाट सकारात्मक कुरा सिकेर व्यवहारमा लागु गरि अघि बढन जरूरी रहेको उल्लेख गरे । उनले पहिलाे प्रयास भएकोले पुस्तक भित्र केही कमि कमजोरी देखिएको हुँदा तेसलाइ सुधार गरेर अघि बढ्न जरूरी रहेको उल्लेख गरे ।

सुन्दरहरैंचा नपाले स्थानीय पाठ्यक्रम तथा “हामी र हाम्रो सुन्दरहरैँचा” नामको पाठ्यपुस्तक लेखन तथा सम्पादक गरे वापत पुस्तक विमोचन कार्यक्रममा विभिन्न व्याक्तित्वहरूलाइ सम्मानपत्रका साथमा विशेष सम्मान गरेको थियाे । सम्मानित हुनेहरूमा पुस्तकका सम्पादक साथै सहप्राध्यापक गणेशप्रसाद दाहाल, सम्पादक भाेजराज घिमिरे, यमबहादुर थापा, सूर्यबहादुर बस्नेत, डा. ईश्वरकुमार राई साथै भाषा सम्पादकमा डा. दीपकप्रसाद न्याैपाने, अनुप भट्टराई तथा वासुदेव अधिकारी रहेका छन् ।

सुन्दरहरैँचा नगरपालिकाले १ सय १६ पेजकाे स्थानीय पाठ्यपुस्तक निर्माण गरेकाेले अब सबै विद्यालयहरूमा पढनपाठन सुरू गर्ने भएको छ । “हामी र हाम्रो सुन्दरहरैँचा” पाठ्यपुस्तकभित्र सुन्दरहरैँचा नगरको भूगोल, भाषा, कला, वेशभूषा, जातजाति आदि विषयवस्तु समेटिएको छ । यसको मूल उद्देश्य स्थानीयतासँग साक्षत्कार गराइ ज्ञान र व्यवहारिक सिपकाे माध्यमबाट स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको उल्लेख गरिएको छ ।

पुस्तक विमाेचनमा स्थानीय समाजसेवी देवेन्द्रकुमार मास्के, सुकुना माविका प्रअ नारायणप्रसाद गाैतम लगायतले बाेलेका थिए। नगर प्रवक्ता राेशनप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रम नगर प्रमुखका सचिवालय कर्मचारी सिजन श्रेष्ठकाे सञ्चालनमा भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित