सिद्वार्थ स्कुलमा कक्षा १ का विद्यार्थीहरूलाई गरियाे दीक्षित

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित काेशी प्रदेशकै नमूना विद्यालयकाे रूपमा परिचित सिद्वार्थ सेकेन्डरी स्कुलले कक्षा १ मा पुगेका विद्यार्थीहरूलाई दीक्षित गरेको छ । पूर्व प्राथमिक तहको पढाइ सकेर कक्षा १ मा पुगेका ९४ जना विद्यार्थीहरूलाई प्रमाणपत्र सहित एक कार्यक्रमकाे आयाेजना गरि दीक्षित गरिएको हो । कार्यक्रममा विद्यार्थीहरूका अभिभावककाे समेत उपस्थिति रहेको थियो । दिक्षान्त समारोहमा विद्यार्थीले नृत्य र गायन मार्फत् मनोरन्जन गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले कक्षा १ मा पढ्न शुरू गरेको वर्षबाट औपचारिक पढाईको थालनी गरेको हुँदा एउटा तह पार गरेकाले विद्यार्थीहरूको हौसलाको लागि दिक्षितकाे कार्यक्रमलाई निरन्तरता दिएको बताए । उनले यस्ताे कार्यक्रमको माध्यमबाट नानीहरूलाई व्यावहारिक ज्ञानका साथमा प्रोत्साहन मिल्ने तथा सो हौसलाले पढाइप्रति चासो हुने गरेको जानकारी दिए ।

सिद्वार्थ माविमा विद्यार्थीहरू आधुनिक तथा सुविधा सम्पन्न भवनमा अध्यायनरत रहेका छन् । यस विद्यालयले विगत केही बर्ष देखि +२ काे पढाइ समेत सञ्चालन गर्दै आएकाे छ । साथै विद्यालयमा कम्प्युटर तथा डिजिटल कक्षालाई समेत विशेष प्राथमिकतामा राखिएको छ । विगत बर्षमा गुणस्तरकाे आईएसओ प्रमाणपत्र प्राप्त गरेको विद्यालयमा १६ सय भन्दा बढी विद्यार्थी पढ्ने गरेको उल्लेख गरिएको छ ।

यस विद्यालयले निर्वाचनकाे माध्यमबाट स्कुल क्याप्टेन छनाेट गरि पदस्थापन समेत गर्ने गरेको छ । विद्यालयमा स्पाेट सँग सम्बन्धि विविध विधाहरू सञ्चालनमा रहेका छन्। अनुशासनका साथमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सिद्वार्थ खेलकुद ,म्यूजिक ,गीत ,संगित नृत्यमा समेत अगाडि रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाले जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित