इटहरीमा एपेक्स हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

इटहरी । इटहरीको एपेक्स हस्पिटल र २० नं वडा कार्यालयको संयोजनमा जनता वस्ति क्षेत्रमा एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक सय पचास भन्दा बढी स्थानीयहरू लाभान्वित बनेका छन् । गर्मी मौसम सुरु भएसँगै स्थानीयहरूको स्वास्थ्यमा देखिने समस्याहरूलाई मध्यनजर गर्दै वडा कार्यालयको संयोजन र एपेक्स हस्पिटलको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरबाट इटहरी २०का १ सय ५० जना भन्दा बढी स्थानीयहरू लाभान्वित बनेको हस्पिटलका कार्यकारी निर्देशक लेखी शुब्बाले बताए । शिविरमा धेरै जसोलाई सुगरको समस्या देखिएको र उनीहरूलाई निःशुल्क औषधी समेत हस्पिटलबाटै उपलब्ध गराइएको बताए । त्यस्तै महिलाहरूमा पनि ढाड दुख्ने र नसा सँग सम्बन्धित विभिन्न रोगहरूको चेकजाँच गरी उपयुक्त परामर्श साथै निःशुल्क औषधी प्रदान गरिएको हस्पिटलकी स्त्री रोग विशेषज्ञ डा.प्रेक्षा सुब्बाले बताइन ।

बि.स.२०६७ सालमा स्थापना भएको उक्त अस्पतालमा अहिले २४सई घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पूर्ण रोक सम्बन्धी सेवा,हाड जोर्नी तथा नशा रोग सम्बन्धी २४ घण्टे सेवा ,बाल रोग सम्बन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्बन्धी आकस्मिक तथा परामर्श सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्बन्धी सेवाहरू सञ्चालनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित