महिलामा किन हुन्छ सेतो पानी बग्ने समस्या ? यस्ता छन् समाधानका उपाय

प्रजनन् उमेरका महिलामा सामान्य सेतो पानी बग्नु स्वभाविक हो । तर, कहिलेकाहीँ सेतो पानी बग्नु सामान्य नहुन सक्छ । योनीमा संक्रमण भएर वा अन्य कारणले पनि पानी बग्न सक्छ । योनीमा बाहिरी वस्तु पसेको छ भने त्यसको संक्रमणले पनि पानी बग्न सक्छ । यदि महिलालाई योनीबाट अस्वभाविक रुपमा पानी बगेको जस्तो लागेको छ र त्यो गन्हाउँछ भने तुरुन्तै परीक्षण गर्नुपर्छ । सामान्यतः पानी बग्नु चिन्ताको विषय होइन । महिनावारी भएको समयमा प्रयोग गरिने प्याड वा कपडा सफा नहुदा पनि संक्रमण बढ्ने भएकाले यस्तो बेला छिटो–छिटो प्याड वा कपडा फेर्ने, सुती कपडाले बनेका भित्री पहिरनको प्रयोग गर्ने बानी बसाउनु पर्छ । सरसफाइ गर्ने नाममा पिसाब फेरेपछि प्रत्येक पटक योनी धुने वा कहिल्यै नधुने गर्दा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

कहिलेकाही महिलामा लुकेर रहेका अन्य रोग, महिनावारी भएको समयमा किटाणुको संक्रमण लगायका कारणले पनि यो समस्या हुनसक्छ । यदि उक्त समस्या क्यान्डिडा, धातुमेह, क्लामाइडिया, ट्राइकोमोनास लगायतको संक्रमणका कारणले भएको हो भने महिलाका पार्टनरले पनि उपचार गर्नुपर्छ । बालिकाको योनीबाट पनि सेतो पानी बग्नुले संक्रमण भएको हुनसक्छ, त्यसैले यसको उपचार गर्नुपर्छ । तर किशोरी उमेरका मानिसमा यो समस्या देखापरे आत्तिनु पर्दैन । यस्तो समस्यामा सेतो पानीले भित्री वस्त्र भिजे पनि यो गन्हाउँदैन, योनी चिलाउँदैन । पानी आएका कारण योनी रसिलो हुनसक्छ । पेट दुख्ने, कम्मर दुख्ने हुँदैन । भिडियाे

प्रतिक्रिया

सम्बन्धित