इटहरीमा सीजी नेटको सेवा बिस्तार

इटहरी / इटहरीमा सीजी नेटको सेवा बिस्तार गरेकाे छ । काठमाण्डौ उपत्यका बाहिर सेवा बिस्तार अभियानलाई तिब्रता दिएको सीजी नेटले मंगलबारबाट इटहरीमा पनि आफ्नो सेवा विस्तार गरेको हो । इटहरी उपमहानगर ६ का वडाअध्यक्ष दिवश पोखरेलले रिबन काटेर सेवा सुभारम्भ गरेका थिए ।

सीजीले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेट सहित सेवा दिन सुरू गरेको थियो । सीजी नेटले सस्तो मूल्यमा इन्टरनेट प्याकेज ल्याएपछि त्यसलाई अन्य सेवाप्रदायकले पनि पछ्याउँदै गएको कम्पनीको दाबी छ । सीजी नेटले हाल ७९९ रूपैयाँमा १३० एमबीपीएस, १,०४९ रुपैयामा २५० एमबीपीएस र १ हजार दुई सय ९९ रूपैयाँमा ३५० एमबीपीएस गतीको इन्टरनेट प्रदान गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित