आजदेखि एसईई परीक्षा सुरु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/see_EuKpmVekv3_vwpej6znnlt5gdci0kbajybvstww2b84pntherk1swmcbdhoihv0fn1izfan.jpg)
काठमाडौं / यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।
त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ। दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_4lTAiOsXTz_ucebwtrokf8rhzzniv1lw0dpb7yeyhguwadwlyjkvsg11inmftzdpvmlhhat.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_RqDjmMDph2_hrlkzgushgy65tpfpswfc9zdits6wmbuyzjbc7qxfqcejdhy6p1rpylqinv4.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_FMz7acw2b8_2zdpsip8abyewcvjutr3lowegdeeyyldpu3om7pwvzrso3w5yryxbtfhzdoh.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_2eJ72YJcZ4_bo3m0scob4fiztxtvfujv9vhsmm1y1j08duz7dx2sjl7eclzovqzbgxx35rh.jpg)
प्रतिक्रिया