विराटनगरमा वाई–फाई नेपाल प्रा.लिद्वारा सेवा विस्तार

विराटनगर / विराटनगरमा सोमबार देखि ईन्टरनेट सेवा प्रदायकले आफ्नो सेवा विस्तारलाइ थप गर्ने उदेश्यका साथ अगाडि बढेकाे उल्लेख गरेको छ । विराटनगर– ९ महेन्द्रचोक, पुष्म मार्गमा शाखा कार्यालय समेत उदघाटन गरिएको हाे । कार्यालयको उदघाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरेका थिए । कार्यालयको उदघाटन गर्दै सो कम्पनीले आफ्नो सेवालाई थप गुणस्तरीय र सेवा उन्मुख बनाउने
कम्पनीका कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले जानकारी दिए।

काठमाडौँ ,पोखरा हुँदै सुनसरी जिल्लाको इटहरी र धरानमा सफलता पूर्वक सेवा प्रदान गर्दै आइरहेको कम्पनीका कार्यकारी अधिकृत पञ्जियारले उल्लेख गरे । ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहको बताउदै उनले पूर्वी नेपालको प्रमुख शहर इटहरी, धरानबाट सुरु हुँदै विराटनगरमा समेत सुचारु गर्न पाएकोमा वाईफाई नेपाल उत्साहित भएको बताए ।

पूर्वका थप शहरहरूमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । ‘पूर्वका थप शहर तथा गाँउहरूमा पनि छिट्टै नै आफ्नो सेवा विस्तार गर्ने योजना रहेको छ,’उनले भने ‘नेपालमा थप धेरै ग्राहकहरुलाई भरपर्दो इन्टरनेट सेवा पुयाउने तथा थप विस्तारका कामहरू गर्ने कम्पनीको उद्देश्य रहेको छ।’

छिटो, सस्तो तथा भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदान गरिँदै आएको कम्पनीको दाबी छ । घरायसी तथा व्यापारिक ग्राहकका आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरु ल्याइएको वाईफाई नेपालले जनाएको छ । अहिले ५० एमबीपीएस स्पिडमा इन्टरनेट शुल्क प्रतिमहिना ३सय ३३ रूपैयाँ तथा ८० एमबीपीएस स्पिडमा ५ सय रुपैयाँ लाग्ने वाईफाई नेपालका कार्यकारी अधिकृत पजिंयारले बताए।

प्रतिक्रिया

सम्बन्धित