विश्व छारेरोग दिवसमा विराटनगरस्थित न्यूरो हस्पिटलको सचेतना र्‍याली

विराटनगर / विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक र्‍याली निकालेको छ । आइतबार बिहान विराटनगरमा सचेतनामूलक र्‍याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरु भएको र्‍यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो ।

र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारेरोग बारे घर– घर, टोल टोलमा कुरा गरौँ, छारेरोग सरुवा रोग होइन, समयमै उपचार गरे छारेरोग ठिक हुन्छ, लगायतका प्लेकार्डसहित सचेतना र्‍यालीमा सहभागी रहेका थिए । विश्व छारे रोग दिवसको अवसरमा न्यूरो हस्पिटलले एक हप्ता दिनसम्म निःशुल्क ओपिडी सेवा सुरु गरेको छ । चैत १२ देखि १७ गतेसम्म छारेरोग सम्बन्धी उपचार सेवाको लागि हस्पिटलले ओपिडी सेवा निःशुल्क राखेको छ ।

स्वास्थ्य जाँच गरिएका बिरामीहरूको लागि औषधी पनि वितरण गरिने हस्पिटलले जनाएको छ । न्युरो हस्पिटलले प्रत्येक वर्ष विश्व छारेरोग दिवसमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । समयमै उपचार गरौं, छारेरोगबाट बचौँ भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । यस बाहेक पनि स्वास्थ्यसँग सम्बन्धित विभिन्न दिवसहरूमा सामाजिक कार्यसँगै सचेतना अभियानमा न्युरो हस्पिटल अग्रसर भएर लागी पर्दै अभियान सुरु गर्ने गरेको छ । २२ वर्षदेखि निरन्तर न्युरो हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गरेको कारणले यो अस्पताल बिरामीहरूको लागि रोजाइको पहिलो गन्तव्य बन्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित