पुर्वान्चल पब्लिक स्कुलकाे १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा ५ मा रहेको पुर्वान्चल पब्लिक स्कुलकाे १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रमको समुदघाटन नगर उपप्रमुख अकली चौधरीले गरेकी थिइन् । कार्यक्रममा आमादेवी कोइराला छात्रवृत्ति अक्षय कोषबाट १ जानालाइ पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियाे । विद्यालयकाे अभिभावक दिवसको उपलक्ष्यमा बिबिध साँस्कृतिक कार्यक्रम गरिएको थियाे।

विभिन्न विद्यामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण तथा पूर्व बिद्यार्थी हाल समाज र राष्ट्रको विभिन्न क्षेत्रमा सेवा गर्ने २३जनालाई पंशसापत्र बितरण गरिएको थियाे । उत्कृष्ट २६ जना अभिभावकलाई समेत प्रंशसा पत्र प्रदान गरियाे । प्ले ग्रुप देखि कक्षा १० सम्मका परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाइ पुरस्कृत गरिएकाे थियो ।

कार्यक्रममा शिक्षासेवी तथा राजनीतिकर्मी भक्तीप्रसाद सिटौला तथा ज्ञानेन्द्र ओझा लगायतलाइ सुन्दरहरैंचाको शिक्षाक्षेत्र साथै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत विशेष सम्मान गरिएको थियाे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोषकुमार राईले सामुदायिक र निजि विद्यालय साथै स्थानीय विद्यालयको प्रगति विवरण र भाबी कार्ययोजना प्रस्तुत गरेका थिए । पूर्वाञ्चल पब्लिक स्कुलले विद्यालयकाे वार्षिकोत्सबकाे पूर्व सन्ध्यामा बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत सम्पन्न गरेकाे विद्यालयका प्रिन्सिपल राइले बताए । कार्यक्रम विद्यालयका अध्यक्ष मोहन ढकालकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित