बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

चितवन। धुर्मुस–सुन्तली फाउण्डेशले निर्माण सुरु गरेको चितवनको भरतपुर महानगरपालिका १५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अब अगाडि बढ्ने भएको छ । रकम अभाब भएको भन्दै फाउडेशनले काम रोकेपछि अलपत्र रहेको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर काम अगाडि बढाउने भएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मन्त्रिपरिषद्बाट निर्णय भएर फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा तिर्नुपर्ने रकम भुक्तान गरेपछि निर्माणको काम अगाडि बढ्ने जानकारी दिइन् । फाउन्डेसनले रंगशाला निर्माणमा खर्च भएको विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित