सन्दीप बने २१औ “मिस्टर धरान “

धरान : खुल्ला नगर स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०७९ को उपाधि एनि टाइम फिटनेस धरानका सहभागी सन्दीप गिरीले जितेका छन् । यस सँगै उनी २१औ मिस्टर धरान बनेका छन्। धरान १३ को अमर सेवा समाजको भवनमा साँझ सम्पन्न प्रतियोगितामा ८० किलोग्राम तौल समूहका ऊनी विजेता बनेका हुन। साथै बेलबारीका मनोज सुवेदी उप विजेता बने ।साथै कमल तामाङ तेस्रो बनेका छन्।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी युवा व्यवसायी त्रिभुवन लिम्बु र कार्यक्रमका सभापति विक्रम लिम्बु साथै धरान १० का वडाध्यक्ष विवेक राईले नगद सहित प्रमाणपत्र र ट्रफि प्रदान गरेका थिए। प्रथम हुनेले नगद एक लाख सङै दुई लाख बराबरको जिम सामग्री प्राप्त गरे भने दोस्रो, तेस्रो र चौथो विजेताले क्रमशः चालीस, तीस र बिस हजार रुपैयाँ र एक लाख बराबरको जिम सामग्री प्राप्त गरेका थिए।

प्रतियोगितामा वेस्ट मस्कुलरको टाइटले वेस्ट पोजर र मस्ट इम्प्रुभ्मेन्ट्को टाइटल समेत लिइएको थियो । आयोजक एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बुको अध्यक्षतामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिताको यो २० औ प्रूतुती हो भने प्रतियोगितालाई धरान उप महानगर पालिकाले संयोजन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित