क्वेष्ट माविकाे १३ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा ८ सलकपुरमा रहेको क्वेष्ट माध्यमिक विद्यालयकाे १३ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । उत्त कार्यक्रमकाे उदघाटन नगर प्रमुख केदारप्रसाद गुरागाइले गरेका थिए । उनले कार्यक्रमलाई सम्बाेधन गर्दै एक विद्यालयले अर्कोलाई सम्मान तथा स्वकार गरे मात्र शिक्षाकाे हित र विकास हुने बताउँदै स्थानीय सरकारले कुनै पनि विद्यालयलाइ पक्षपात नगर्ने उल्लेख गरे । उनले नगर शिक्षा समिति बनेकोले विद्यार्थीलाइ निशुल्क पुस्तक वितरण गर्ने याेजना रहेको जानकारी दिए ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप , सरसफाइ, हेनराइटिङ तथा पढाइमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियाे । नर्सरी देखि कक्षा १० सम्मका ५६ विद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको थियाे । विद्यालयकाे बार्षिकाेत्सव समारोहमा शिक्षासेवी डा. दिपक न्याैपाने , विद्यालयका पूर्व अध्यक्ष भाेलानाथ बजगाइलाई विशेष सम्मान गरिएको थियाे ।

कार्यक्रममा जेष्ठ नागरिक तथा अभिभावक बर्ष १०३ की भद्रशिला आचार्य र बर्ष ८९ का भक्तबहादुर कार्कीलाई सम्मान गरिएको थियाे । विद्यालयकाे वार्षिकोत्सबमा उत्कृष्ट शिक्षक युवराज पाैडेल तथा निर्मला कार्कीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियाे। अभिभावक दिवसमा काेसी प्रदेश तेक्वान्दो प्रतियाेगितामा उपविजेता हुने विद्यार्थी अप्रनिसा सुनुवारलाई सम्मान गरिएको थियाे ।

कार्यक्रममा विद्यार्थीहरूले तेक्वान्दो प्रदर्शन , नृत्य , क्वेष्ट आइडल ,डान्स , कला प्रस्तुत गरेका थिए । क्वेष्ट आइडलमा विजेता गरिमा बस्नेत, कृष्पा भट्टराई फस्ट रनरअप, सेकेन्ड रनरअप लेडिस्का ओझा तथा सान्त्वना प्रमिस ओझा घाेषित भए । कार्यक्रममा कलाकार तुलसी घिमिरेले विभिन्न विधामा कला प्रस्तुत गरि उपस्थित सबैलाई मनाेरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपक क्षेत्रीले शैक्षिक गतिविधि तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । क्वेष्ट माविकाे वार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द कार्कीकाे सभापतित्व तथा शिक्षक लक्ष्मीप्रसाद अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित